आदरणीय दाता महानुभावहरुमा लक्ष्मी प्रतिष्ठानको अपिल


आदरणीय दाता महानुभावहरु तथा अनन्य मित्रहरु
,

म अल्पायुमा दुईजना तेजस्वी छोराहरु गुमाएर उनीहरुको नाममा समाजका विभिन्न क्षेत्रमा कामगर्न स्थापित लक्ष्मी प्रतिष्ठानको वर्तमान अध्यक्ष र दिवंगतद्वय को पिता हुँ / साथीहरु, मैले संसारमा बिरलै घट्ने त्यो जटिल परिस्थितिमा पनि धेरै हिम्मत गरी आँशुले ओछ्यान भिजाएर बसेको म र मेरा परिवारलाई अन्यत्र मोड्ने क्रममा समाजकालागी राम्रो काम गर्ने क्रममा पाइला बढाउन खोज्दा केवल ६ महिनामा धेरै राम्रा कामहरु भएका छन् जसको प्रभाव बिशेषत :शिक्षा, स्वास्थ्य र शीपमूलक तालिम प्रदान गरेको क्षेत्रमा धेरैनै राम्रो देखियो / मित्रहरु , हाम्रा कार्यक्रमहरु धेरै भएकाले यहाँ सबै समाबेश गर्न सक्दैनौ जसको बिवरण हेर्न हाम्रो वेबसाईट www.laxmipratisthan.org.np
त्यसको दायाँपट्टि रहेको BLOG मा हामीले गरेका कार्यहरु हेर्न सक्नुहुनेछ/ सो कार्यमा सक्रियरत हामीले सत्य कुरा भन्नैपर्ने हुन्छ आजसम्म हामीहरुले उक्त कार्यक्रमको कार्यन्वयनकालागी करिव पच्चीस लाख जति सकायौं जसको फलस्वरूप कार्यक्रमहरुपनि धेरै प्रभाबकारी रहे तर दुखको कुरा अब हामीहरुसंग कार्यक्रम अगाडी बढाउनका लागि आवश्यक रकम छैन/

हाम्रा कार्यक्रम त्यसको प्रभावकारिता अनि कार्यक्रमप्रति जनताको चासो सहभागिता देख्दा हामी कार्यक्रम धेरै अगाडी बढाएर पिछडीएका वर्गहरु खास गरी दलित महीलावर्गलाई आधारभूत शिक्षा प्रदान गरी स्वस्थ आत्मनिर्भर जीवन जिउन प्रेरीत गर्दै उनीहरुकै खुट्टामा टेक्न मद्दत गर्न चाहन्छौं साथसाथै हामीले स्वास्थ सम्बन्धि चेतनामुलक कार्यक्रमहरु पनि संगसंगै लैजादै छौं/ त्यसैले हाम्रो यस महाअभियानलाई साथ दिई यस मानवीय कार्यलाई अगाडी बढाउन सहयोग गर्नु हुन सम्पूर्ण मित्र तथा दयालु दाताहरुलाई अपिल गर्दछु/ यहाँले प्रदान गर्नु भएको दानको सम्पूर्ण बिवरण सप्रमाण यहाको सहभागिता समेत उल्लेखगरी सम्पूर्ण कागजातहरु कार्यक्रमको बिवरण पठाइने छ / सम्भव भए यहाँको प्रत्यक्ष उपस्थितिको समेत ब्यबस्था मिलाइने छ, धन्यवाद /

लक्ष्मी प्रतिष्ठानद्वारा संचालित कार्यक्रमहरु :
  1. प्रौढ शिक्षा तथा शीपमूलक तालिम
  2. स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु
  3. कुरीति तथा अन्धविस्वास का साथै लागु औसध बिरुद्ध तथा सामाजिक सचेतनाका कार्यक्रमहरु
  4. "एक घर पांच फल" कार्यक्रम
  5. ट्राफिक सचेतना कार्यक्रमहरु

लक्ष्मी प्रतिष्ठानद्वारा संचालित कार्यक्रमहरुबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदाहरु:


)प्रौढ शिक्षाले समाजमा पिछडिएर रहेका बर्गहरु अध्यारोबाट उज्यालोतर्फ जानेछन र आधारभूत शिक्षा पछि सीपमूलक तालिम कार्यक्रमहरु समाबेश गरिएकाले उनीहरुआत्मनिर्भर हुनेछन/
२)स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रमले स्वास्थ्यमा सुधार हुनको साथै मानिसकोजीवन शैली परिस्कृत हुनेछ
स्वास्थ्य चेतनाका कारण मृत्युदर घट्ने छ /
)कुरीति तथा अन्धविस्वासका साथै लागु औसध बिरुद्ध तथा सामाजिक सचेतनाका कार्यक्रमहरुले जातीय तथा सामाजिक विभेद हट्दै जानेछ र आधारभूत शिक्षा प्रदान गरी
सीपमूलक तालिम समेतले दक्ष बनाइ रोजगारीमा सहयोग पुर्याउँदा युवायुवतीहरु कुलतमा फस्न पाउने छैनन् र आपराधिक क्रियाकलाप समेत घट्ने छन/
४) "एकघर पांचफल" भन्ने अवधारणाले भविष्यमा उनीहरुको आयआर्जन बढ्नुको साथै पर्यावरणमा पनी सुधार आउनेछ/
५) सबारी चेतनामुलक कार्यक्रमहरुले सवारी दुर्घटनामा ह्रास आई अपांगता तथा अकाल मृत्युदर घट्नेछ/


Comments

  1. तामाका मुनाजस्ता दुई छोरा गुमाउनु भएका पिता तथा मातालाई यो भन्न चाहन्छु कि यो शरीर यो देह हाम्रो होइन। सो कुरा बुझी जुन साहसका साथ सामाजिक कार्यमा तल्लिन हुनुहुन्छ। यो साससी कार्यले यहाँहरुको जीबनमा केहीमात्रामा भएपनि नव मुनाहरुको मायालाई,यादलाई अबस्य पनि मल्हम लगाउने कुरा म सहमतछु। जस्तै आपत बिपत आए पनि धर्यधारणा गरि अगाडि हिंड्न हुन अनुरोध गर्दछु। यहाँहरुको यो साहसले सगरमाथा चुमोस।

    ReplyDelete
  2. मान्छे पिच्छेको वास्तविक जीवन कथा भनेको समयले लेख्ने रहेछ यत्तिखेर त्यही नै महसुस गर्दैछु lउही समयले यहाँहरुको जीवनमा पनि सुनामी ल्याएको खबरले म आफु पनि हृदयमा मर्माहत भएँ l मृत्यु सत्य हो त्यसलाई समयको छालले ल्यायो भनेर साहस जुटाएर त्यो पिडा बोधबाट मुक्त हुन समाजसेवाको जुन कदम उठाउनु भएको छ त्यो अति नै सराहनीय छ l म त्यसको सम्मानार्थ यहाँको दम्पती प्रति नै शिर झुकाउदछु lयो साहसिक कार्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु l साथै लक्ष्मी प्रतिष्ठानको उत्तरोउत्तर प्रगतिको पनि शुभकामना भन्न चाहन्छु l

    मनु लोहोरुङ राई

    ReplyDelete
  3. सन्तान गुमाउनुको पीडाको अनुभव मैले पनि संगालीसकेकोले तपाईको होनहार छोराहरुको निधानप्रति म ढिलाई भए पनि समवेदना ब्यक्त गर्न चाहन्छु। साथै यस्तो बज्रपातको दु:खद घडीमा पनि संयमता पुर्वक जीवनलाई समाजसेवामा लाग्नु भएका लक्ष्मी प्रतिस्ठानका संस्थापक ज्युलाई मेरो हृदयबाट नै धन्यवाद दिन चाहन्छु।

    ReplyDelete
  4. नेपाल आमाका लागि दुबैछोरा गुमाएका बाबुबाट गरिएको सबैले सुन्नैपर्ने याचना
    www.vishwanews.com

    ReplyDelete
  5. मलाई मेरो एउटा रचनाका केही हरफ कसैले चोर्दा मन भतभत पोल्छ,केवल रचनाका केही हरफ,केही अँश । यहाँ त पृथ्वी नै फुटेको रहेछ,खोला सुसाउन रोकिएको रहेछ । उफ् ! कस्तो हृदय विदारक घटना घटेछ,भगवानले नि लाज मान्नु पर्ने । ती जन्म दिने आमाबाबुको हृदय कसरी फुट्यो होला चकनाचुर भएर ?!! यति ठुलो आँधीबेहरीको घटना पछि पनि ती कलिला नानीहरुको मुहारमा आफ्ना सन्तानको मुहार खोज्न समाज परिवर्तनका कार्यक्रम चलाउने साहस र आँटलाई म हृदयदेखि नै आदर गर्दछु । लक्ष्मी प्रतिष्ठानले सोचे जस्तो सफलता पाउँदै जावोस् मेरो हार्दिक शुभकामना छ ।

    ReplyDelete

Post a Comment