अबोध बालापनको जुनुन

 



  

कुरा आज भन्दा करिब पाँच दशक अगाडिको हो।  जम्मा जम्मी  / बर्षको थिएं   भाद्रको महिना थियो। किशानलाई असार ,साउन भनेको कामको मौशम भएकाले  भाद्रमा थोरै राहत  हुने गर्दथ्यो। यधपी  मकै भित्याउनेफापर ,तोरी ,झुसे  आदि छर्ने काम भाद्र अन्तिम तिरनै हुने गर्दथ्यो।एक साँझको कुरा हो हामी  सपरिवार वरिपरि बसेर बेलुकाको भोजन स्वरुप  अगेनामा  मकै पोल्दै खाने  तयरी गर्दै थियौ।  रेडियोमा  गीत  सुन्दै  थिए।  त्यतिबेला गाउँमा रेडियो हुने  हामी मात्र  थियौ  बुवा आमा दिदीहरु विच आउदै गरेको दशैँ  त्यसकोलागी  चाहिने  खर्चको जोहो कसरि गर्ने  चर्चा  भैरहेको थियो।  गाउँमा  पैसो आउने  भनेको  कुखुरा बखा  गाई , भैसीको  घ्यु बिक्री मात्र एउटा माध्यम हुने गर्दथ्यो। हामि बाहुन  भएकाले कुखुरा पाल्दैनथ्यौ। हुर्केको खसी एउटा मात्र थियो  जुन  आफ्नै लागि आबस्यक थियो।  गत असारमा  ब्याउन  नसकेर भैसी पनि मरेको हुनाले बिक्रि गर्ने  घ्यु पनि  थिएन। लामो छलफल पछि हाम्रो रछ्यान को डिलमा रहेको  अजंगको नास्पातिको बोटमामा  फलेका केहि नासपाती दोलालघाट लगेर बेच्ने  दशैको चाजो पाँजो मिलाउने कुरा भो।  

अन्तत  भोलि पल्टै  बाले पुरै डोको  मैले एउटा  पोको  बोकेर दोलालघाट  हिड्यो। त्यतिबेला /  घण्टा हिड्दा दोलालघाट पुगिन्थ्यो  सानो  बेला  ढाडमा ठुलो पोको मलाई धेरै गार्हो भैरहेको थियो। बालाई पनि भाको थ्यो  होला !  झन् उहाँले  डाङ्ग्रोनै बोक्नु भएको थियो।  पोकोले पेलेर  ठेलेर  ढाडमा खपी सक्नु भाथेन तर दोलालघाटमा मोटर गाडी देखेको  कथा उताबाट फर्केसी  माने डांडामा  बसेर साथीहरुलाई  सुनाउने जुनन थियो मनमा। मनमानै मिठो सपनामा डुबिरह्दा  दु:खाई दुर भएझै लाग्दथ्यो  

बिहान सखारै हिडेका हामी साँढे एघार बजेतिर दोलालघाट पुग्यौं मैले जिवनमा पहिलो चोटी नदि देखें एउटा मात्र नभई दुईटा देखें। सुनकोसी  इन्द्रावातिनै देखे।  बेलड़ांडा तलतिर दोभान देखे।  गुनुनु/गुनुनु  कोशी गुनगुनाएको आवाजले रोमाञ्चित पनि हुन् पुगे  कानहरु बन्द हुने खुल्ने गर्दै गरे झैँ  हुन्थ्यो।  डराएको देखेर बा ले हात समाउनु भयो पोकोले पोलेको ढाडको पिडा त्  थियोनै  झोलुङ्गे पुलमा अलि अगाडी बढेकामात्र के   थियौ संसारै  घुमीगो    थचक्कै बसेर बाको पिडुला  अठ्याउन पुगेछु। भनभनी  रिंगटा लागेर आयो बिहानदेखिको भोक ढाडको दुखाई सबै सुन्य। केवल चिच्यएछु बा  मरे ! सबै  दौडियो ! उफ्फ़ ! बाले मेरॊ मनोदशा बुझ्नु भो मैले  नदीमा  हेरेछ भन्ने  ठहर्याई तलतिर  हेर्नुहुन्न माथितिर  हेर भन्नु भो। बाको मन  हो मलाइ गार्हो भएको बुझेर होला मेरो पोको पनि आफ्नै थाङ्ग्रोमा खप्नु भो  मलाई  हातमा समती डोहोर्याउन थाल्नु भो  बिनाबी ! बिनाबी ! बिनाबी !  भन्दै  झोलुङ्गे पुल तरेंर  केहीबेरमा  हामी बेलडांडा पुग्यौं।  दुबैजना भोकले मरणासन्न  भएका थियौं। त्याँहाँ मुक्तान्नी  आमैको  खाजा पशल रहेछ। साना सना लहरै सिलवरका बाटाहरुमा खानेकुरा  सजाइएको थियो ,झोलिलो  आलु , भुटेको  चना ,तारेको माछा अनि अचार लहरै देख्दा बिहानै  देखिको भोको  त्यो पनि भारी  बोकेर आएको भरिया जसको भोकको सिमा थिएनप्याच भने  बा मत  सबै थोक खान्छु। खै बाले  के  बुझ्नु भो  ? कुन जुक्ती लाउनु भो ! बुझिन। खिस  हाँसेर भन्नु भो बाबु हेर  यहाँ  दुई  थोक मात्र खान मिल्छ नत्र देउता रिसौछन। लु आफै  छानेर भन। एउटा  चिउरा भैगो  अर्को एक थोक छान। मैले  पनि यसो जुक्ति लाएँ तरकारी अचार  घरमै खाएको छु नयाँ कुरानै खान्छु भनेर माछा रोजे।  मुक्ताननी आमैले माछा   चिउरा दिनुभो मलाई।  मेरा  बाले भने फुको चिउरा  थोरै सख्खर माग्नु भो। के जातिको नाउ के  जाती भने झैँ मिठो  खान  माछा रोजेको मुखमा  हालेर चपाउने मिलेन काँडा नै काँडा रहेछ। 

मेरो दशा बुझेर मुक्ताननी आमैले  आफ्नै हातले  माछाका काँडा केलाई दिईन।  सानो बालक धेरै  मायाँ लागेछ क्यार  लौ  देउता पन्छाई  दिन्छु आलु पनि खाउ केहि  हुंदैन भन्दै एक डाडु  आलु थपिदीन 

बा संग   उनका आँखा जुदे।  उनले बिस्तारै भनिन यसको पर्दैन। त्यसको अर्थ त्यतिबेला कुनै चासो पनि लागेन तर आज ति आमैलाई समझदा  बाले खाएको फुको चिउरा समझदा  अहिले  आँखा  टिल्पिलाउछन !  उनि पसल्नी कम दयाकि खानी बढी थिईन ! मात्री  हृदय भएकी महान  नारी थिइन्। पछिल्लादीन  औषधिको ठाउँमा विष बेच्ने जमानामा हुर्केको   ति आमालाई  मन मन्दीरमा नपुजी कहाँ रहन सक्छु  !   बा प्रतिको सम्मानको  कुरै  नगरौ। 

केहीबेरमा हामि त्यहाँबाट हिड्यौं  मिनेट जति हिडेसी  अर्को पुल आयो त्यो  पक्की    हल्लिने रहेछ  मजाले  हिडे। मेरो पोको बालेनै खप्नु भएकोले  रित्तै रमाउंदै बाको हात समातेर पुल तर्न  के  थालेको थिए त्यतिनै बेला हवाईइ हवाई गर्दै  हाम्रो  घर जस्तै  बस्तु  दौडियो सात्तो   कति  गो कति ! सु पनि  झरे  जस्तो  लाग्या  थ्यो ! तर बाले मेरो मनोदसा बुझेर झट्ट भन्नु भो  बाबु नडरा मोटर भनेको  यही  होयसले  केही  गर्दैन।  सडक पुगेको एउटा ठाउँबाट अर्को ठाउँमा जान यसैमा चढेर जाने गर्छन  याहाँबाट / घन्टामा नेपालनै  पुगिन्छ  सुन्दानै अनौठो लग्छ ! त्यतिबेला गाउँ घरमा काठमाडौँलाइनै नेपाल भन्ने गरिन्थ्यो ।बाको कुरा सुनेपछी  यु टर्न भएँ।  मोटर  देखेकोमा महारथ हासील गरेझै सान भयो।  कति खेर  गाउँ फर्केर  बेली चमेली झम्के   भाबुलाई यसको  बयान गरु भन्ने छटपटी सुरु भो 

बाले इन्द्रावती पुलको पश्चिम किनारमा नासपातीले  चुलिएको डोको ठड्याउनु भयो।  हाम्रा नासपाती ठुला राम्रो  मिठा  थिए  बुवाले पांच पैसा दाना मूल्य  राखेर बेच्न सुरु  गर्नु भयो।  फाट्ट फुट्ट बिक्न पनि थाल्यो तर आशातित  छिटो बिक्न सकेन। त्यो हिसाबले बिक्रि गर्दा हामी घर फर्कन  सक्दैन थ्यौ। त्यतिकैमा   एउटा  अजंगको बस आएर  हाम्रो समू रोकियो।  खोइ  बुवाले के सोचेर  हो हेर बाबु , १०/१२ गेडा जती कमिजको फेरमा  बोकेर बस भित्र जाउ अनि  सस्तो सस्तो नासपाती  पांच पैसाको एक दाना भनेर कराउत,छिट्टै बेच्न सकिन्छ होला  मेरा बाबाको  त्यो आदेस  मानेर डराउदै डराउदै १२/१४ गेडा नासपाती कमिजको फेरमा  बोकेर बस भित्र छिरे डरले थर थर कामको आशुनी आयो  मनमा बस हिडी हालेमा कहाँ पुगुला भन्ने सोच्दै हरेक  सेकेन्डमा बा भएतिर  फर्कन्थे ! रुवांसे स्वरमा बुवाले  भनेझै  पैसा  दाना  मिठो नासपाती कराएँ मैले  लागेका सबै दाना आधा मिनेटमै  बिक्यो ६५ पैसा बोकेर  दौड्दै बाबा भएको  ठाउँमा पुगेर खुसि सुनाए ! मनमा  डर घट्यो उत्साह बढ्यो ब्यापार मात्र  गरेको हैन  शिखर चुमेको भान भो।  उहाँले स्यावासी दिनु भो मैले आफुले गाउँबाट बोकेर ल्याएको जतिनै पोको पारिदिनु सबै बेचेर आउंछु भने। बाले त्यसै गर्नु भो फेरी बसमा छिरे  पहिले जस्तो नभई कस्सिएर बोले। लागेको नासपाती लगभग  बिक्यो पनि तर   गेडाचाही  बसको स्टाफले   लियो। मैले  पैसा  मागेको  दरो संग गाला चड्कायो  मेरो बसमा छिरेर नासपाती  बेच्ने  अनि मलाईनै पैसा माग्ने भन्दै कुर्लियो  केहि सज्जनहरूले बच्चालाई किन  पिटेको भनेर उसलाई गालि गरेको सुन्दै थिए।  गाला छाम्दै डराउदै बसबाट निस्किएँ। बा भएको छेउमा पुग्दा बस पनि दौडी सकेको थियो।  मेरो हातमा एक रुपियाँ बयासी पैसा रहेछ।  कसले पांच भनेर  पैसा मात्र दिएछ थाहा भएन।  बाले स्याबासी दिदै भन्नु तिमी ठुलो मान्छे हुनेछौ।  जबकि मैले नासपाती बेचौला सोचेकै थिएन मन बहलाउन मात्र पठाएको थिएँ।  मैले उता  कुटाइ खाएको बारे उहाँलाई केहि  पनि भनिन तर सानो उमेरमा कलिलो गालामा  खाएको चड्कन अहिले पुरै दार्ही फुल्दा  पनि बिर्सन सकेको छुईन। त्यो दिन सबै नासपाती बिक्रि गर्दा बाह्र रुपियाँ बतीस  पैसा जम्मा भएछ।  ब्यापार सकेर नजिकैको हुटेलमा  एउटा/एउटा तातो सेल किनेर  खादै हामी उकालो लाग्यौ।   धेरै थकि सकेको थिएँ।  बुवा पनि  थाक्नु भएको हुनुपर्छ। बल्ल तल्ल उकालो सकेर भुम्लु पुग्दा रातको  बजेछ।  बाले त्यहाँ चिनजानको एउटा घरमा बास माग्नु भो। खानेकुरा केहि पाए बच्चाले  खान्थ्यो भनेर बुवाले सोध्नु भोपोलेको मकै  खानु भनेर  घोगा मकै ल्याएर दिए घरभेटिले    हामीले चारै घोगा   बुत्तायौ। घरभेटिले  हामीलाई खान दीए फलैचामा बास पनि  दिए तर चितुवा आउलकि अलि होस्  गरेर सुत्नु  है भन्दै डर थमाएर  भित्र पसे। धेरै थाकेको हुनाले बा सुत्न साथ् निदाउनु भएछ। मलाई चितुवाको कुरा सुनेर  निदाउन धेरै बेर लागेको थियो।

बिहान सखारै उठेर घर  आफ्नो  घर धन्दामा लागे हामीपनि उठ्यौ।  बाले  उहांहरु संग  बिदा माग्नु भो।  हामि त्यहाँबाट घरतिर  हिड्यौ।  पौने  घण्टा  जति लाग्योहोला हामी चौवास भन्ने ठाउँमा  पुग्यौ। हाम्रा बाका साथी राम प्रसाद भर्खरै  उठेर कलधारमा मुख धुदै रहेछन। उहांहरु बीच अभिवादनको आदान प्रदान भयो , मैले पनि नमस्ते गरें  राम प्रसाद साहुको चौवासमा  कपडाको कोठी रहेछ। उहाँको पसलको दाहिने पट्टि हल्दार्निको होटेलमा सेल  चिया पनि  पाइँदो रहेछ। हामी हल्दरनी आमाको पसलमा  छिर्यौँ  एउटाएउटा सेल  चिया खायौ।  चिया धेरै तातो भएकोले  मैले  खान ढिलो गरे बाले खादै हिड भन्नु भो। हामी चियाको कप  बोकेर राम प्रसादको पसलतिर लाग्यौ। उहाँ नित्यकर्म पछी धुप बल्दै हुनुहुँदो रहेछ।  त्यतिनैबेला मेरै उमेरको एकजना केटोलाई  हातमा समाउदै एक जना  भलाद्मी त्यहाँ   आउनु भो  / वटा खाजा बिस्कुट किनी फर्कनु भो। बाले त्यो चिटिक्क परेको हसिँलो मान्छे  फर्कन साथ् राम प्रसादको अनुहारतिर हेर्नु भो  सायद बाको जिज्ञासा बुझेछन क्यार राम प्रसादले  उत्तर दिए यो कुवँरको छोरा सानै उमेरमा  ड्राइभर भैसक्यो।  यो हरि भर्खर तिस लाग्यो ! बाले  धेरै बुद्धिमानी रहेछ भन्नु भो। मेरो सानको सिमा थिएन  हिजो बस देखेको थिएँ  आज चलाउने  ड्राइभरनै देखे ! दंग थिए त्यतिनैबेला अगिल्लो दिनको  कुटाई  सम्झेर  गाला सुम्सुमौंन   पुगेछु।   त्यो फुच्चे केटो खुसीले बुरुक बुरुक उफ्रदैउनकै हातमा  झुण्डिदै गयो। सायद चार पुरिया बिस्कुटखान  पाउने भाग्यमानी थियो  

मैले  हेरिरहेको देखेर होला राम प्रसादले  मलाई एक पुरिया खाजा  बिस्कुट दिनु भो। वाह कस्तो मिठो ! त्यो बेला खाएको बिस्कुट  चियाको स्वाद आज पनि मेरो जिब्रोमै झुण्डिए जस्तो लाग्छ  सायद  राम प्रसाद बा को मायाँमा  त्यो असिम स्वाद थियो कि    मेरा बा ले सबै  परिवारलाई कपडा किन्ने  निधो गर्नुभो हुनत हामी  दोलालघाटको ठुलो बजारबाट फर्केका मान्छे  उतै किनमेल गरेको भएनी हुने तर  राम प्रसाद बाको प्रेमले  हामीलाई चौवाससम्म  पुर्यायो  फेरी हामी संग पैसा हुदा या नहुँदा  उनैको भर पर्नु  नियति बनिसकेको थियो। सबै परिवारलाई  पुग्ने गरि कपडा आदि किनमेल थालियो। बा  मलाइ नैनसुतको कमिज सुरुवालआमा  दिदिहरुलाई टोपरेल को चोलो  छिटको फरिया किनियो   मलाई बाले टेनसुज (टेनिस सुजसंगै छिरबिरे मोजा  पनि किन्दिनुभो।  जीवनमा  पहिलो पटक जुत्ता लगुना पाउँदा संचिनै मेरा खुट्टा भुईमा थिएनन ! लाग्दैथ्यो खुट्टाचाही खल्तीमा सुरक्षित राखौ  केहि  मरमसला नुन रेडियोलाई ब्याट्री कपडा सबै गरेर एकतिस रुपियाँ पैतिस पैसा को किनमेल भएछ। बाले २५ रुपैयाँ दिनु भो अनि  रुपियाँ पैतिस  पैसा बाँकी राखेर हामि त्यहाँबाट हिड्यौ। बिहानको खानाखाने बेलामा हामी ठ्याक्कै घर पुग्यौं   आम  ढिंडो मस्कौदै हुनुहुन्थ्यो।  सान्दिदी आरीमा मोई सार्फेर गर्दै हुनुहुन्थ्यो। मेरो खुट्टामा हर्दै दिदीहरुले थुक निले अनुहार पनि  मलिन भो सायद  सोच्दी  थिए हामीलाई चाही जुत्ता छैन ?

 खाना खाई सकेर बुवा फलैचामा पल्टेदै बुबाले आमालाई ढाड धेरै दुखेको  एकछिन  थिचीदेउ भन्नु भो।  दिदीहरु घर धन्दामा लागे।  एक महिना अगाडीनै  दशैँ भित्रि सकेकाले सबै खुसि थिए। बुवाले घरमा ,  मैले बसमा गएर नासपाती बेचेको कथा सुनाउनु भो ,सुनेर सबै जना दङ्ग ! दिदीहरुको  कुरै नगरौ  दोलालघाट सम्म पुगेर ब्यापार गरेर फर्केको भाईका दिदीहरु जो थिए। 

यहाँ सम्म मैले जे लेखे यो एउटा स्मरण कथा जस्तो मात्र  लाग्छ तर यहि यात्राले एउटा सानो बालकमा आएको परिवर्तनको   उसमा जुनुनको विजारोपन भएको थियो। बाको ढाडमा छाला खुइलिएछ  भनेर आमा गनगन गर्दै   तिर पनि फर्केर   हेर्दै यसको पनि यस्तै भएकोहोला आइज हेरौ  भन्दै हुनुहुन्थ्यो। मलाई पनि अलिअलि नदुखेको भने  हैन तर मलाई त्यतातिर  सोच्न  फुर्सद कहाँ ?   ब्यापारी बन्ने सोचले नासपातीको  रुखमा चडीसकेको थिए।  मैले प्रति गेडा  पैसाको दरले हिसाब  गर्दा झन्डै तिस रुपियाँको नासपाती बोटमा  देखे। त्यो भनेको त्यतिबेलाको हिसाबले धेरै ठुलो हो। मैले मनमनमा ब्यापारी को बिजारोपण गरें।  त्यही  दिन  सात बर्षको बालकमा सम्वृद्धिको दृश्य बिष्फोट भो।  मेरो मनमा घरबारीमा कातिबोट नासपाती  रोप्न सकिएला ? भन्ने जिज्ञासा जाग्यो  बोटको आकार  हेर्दा १२ हात छोडेर अर्को रोप्न सक्ने ठम्याए अनि त्यो ठाउँको सबै बारीमा  २०० भन्दा बढी बोट रोप्न  सक्ने  बाल अनुसन्धानाले देखायो अनि हिसाब गरें  सबै नासपाती बजारमा पुर्याउन सके बर्षमा आठ हजार लिन  सकिने   भरियानै लगाएर लाग्नु परे पनि  ,०००/जति बचाउन सकिने ठम्म्याएं। जोड घटु गुणन  भगा स्कुल नगेनै  गोपाल काकाले सिकाई दिनु  भएको थियो। त्यतिबेला भारी  बोकेको पांच मोहोर ज्याला थियो। मैले एउटा बोटमा  ड़ोका फलेनी  दुइ सय बोटमा हजार डोका हुने हिसाब गर्न  घण्टा  खर्चिएछु। तर एक हजार डोकाको पांच मोहरले ज्याला निकाल्ने सकिन। रन्थनिदै माथ्लो घरको गोपाल कककोमानै   पुगे। उहाँले मेरो कुरा सुन्नु भो अनि हास्नु भो मेरो जिज्ञासा अनुसारको हिसाब पच्चीस सय भनिदिनु भो तर बाउले  मर्लान यस्तो कुरा नगर भनेर डर थपिदिनु भो। डराउदै डराउदै बारीमा  झन्डै  घण्टा फन्को मारेर  बुवा संग नासपाती रोपन  त्यसको फाईदा बर्णन गर्न खोजेको मात्र के थिएँ गोपाल काकाले भनेझै बेस्सरी गाली खाएँ। सम्भावना नभएको कुरा  गर्छस ! अब  स्कुल पढ़नुपर्छ अनि बुद्धि आउँछ। मास्टर बनेर  गाउँमानै पढाउने जागिर खाएपछी महिनै पिच्छे १०० सम्म कमाई हुन्छा भन्नु भो।  कहाँ बर्षको  घरबारीमा मात्रै ८००० कमाउने  कुरा गर्ने  बुवा भने १०० मा रोक्न खोज्ने भन्ने भो। जबकि त्यतिबेला  हाम्रो  १०० रोपनी भन्दा बढी जमिन  थियो। बाले नमाने पछी आम  दिदीलाई गुहारेउहाँहरुले चाही ठुलो भएपछी  आफै गर्लास भनेर सम्झाउनु भयो  कुनै उपाय लागेन।  बाले २०२७ साल फागुनमा  बिध्यालय भर्ना  गरिदिनु भो। बिहान  बजे   सकुल हिडेसी बेलुका  / बजे  घर  पुगिन्थ्यो। त्यो बेला हामीलाई बिध्य्लय भवन नहुँदा चौतारामा बसाएर  लाँकुरीको बोटमा कालो पाटी टाँगेर पढाइन्थ्यो।  बर्ष त्यहि पढें त्यस पछि  स्कुल फेर्नु भो। त्यो बिध्यलायामा कक्ष  भन्दा पढाइदैनथ्यो। फेरी बाले  चौरीको क्युरेनी भन्ने ठाउँको जागृति निमाविमा  भर्ना गरिदिनु भो। जहाँ पुग्न अर्को  घण्टा बाटो लम्बियो।२ बर्ष  त्यहि पढें दुवै पटक प्रथम पनि भए। तर  बर्ष पछी त्याँहा पनि कक्षा   भन्दा नभएकाले  काठमान्डू जानु पर्नेभो।

 

काठमाडौँ प्रवेश  भोगाईका तिता मिठा दिनहरु

काठमाडौँ यात्रा 

हामी हिडेकै दिन बेलुका काठमाडौँ पुग्ने लक्ष्य सहित घरबाट एका बिहानै  निस्कियौ।  हिड्ने बेलामा निकै कोलाहालको माहोल बन्न पुग्यो  आमादिदीहरु छिमिकीहरु,मेरा  बाल सखासखिहरु सबैको रुवावासी भयो।  आमाले टिका लागाइदिएर म्वाई खानु भो। दिदीहरुले पालै पालो अँगालो मार्दै म्वाई खाए। अगिपछी सामान्य ठान्ने  साथीहरुले पनि अर्कै ग्रहको एलिन जसरी हेर्दै थिए मलाई  त्यो दृश्यले  मलाई पनि   रनभुल्ल  नबनाएको   हैन तर बाले अगिल्लै दिनमा  त्यस्तो माहौल हुन सक्छ  भनी  सक्नु भएको थियो  त्यतिबेला पनि बुवाले त्याँहाको माहोल देखेर कतै नहेरी खुरु खुरु हिड भनेर साउती गर्नु भो   पनि हात हल्लाउदै  लुरुलुरु  हिडे। ठुली दिदीले झोला  ल्याएर मलाई दिनु भो  बालेचाहीं  आफ्नो झोला पहिल्यै बोकी सक्नु भएको रहेछ।   उपस्थित सबै जसोले  मेरो स्टकोटको  खल्तीमा  खर्च स्वरुप केही  पैसा हालीदिए। कसैले  पैसे  ढयाक  देखी कसैले  निलो नोठ सम्म हालेका रहेछन।   त्यो कोलाहलको माहोल छल्दै  घर देखी  निकै परको  धन्दीच्या मानेमा पुगेसी बाउछोरा मिलेर पैसा गन्न थाल्यौ।   रुपियाँ जति भएछ।  बुवाले पैसा    बोकी दिन्छु  भनेर  आफ्नो ज्वारिकोटको खल्तीमा  हाल्नु  भो।  खल्तिभरी पैसा बोक्न पाउँदा  दङ्ग परेको मान्छे एकैचोटी  जिल्लिन पुगे। एकछिन सम्म पैसा बोक्न पाएकोमा मान बढे झैँ लागेको थियो।  

 चार बर्ष आगाडी देखेको  ठाउंहरु हेर्दै जाँदा निकै  रमाइलो  लाग्दै थियो। नासपाती  बेच्न आउदा देखेको  नदीपुलमोटर गाडी सबै  रमाईलो लाग्दै थियो। बेलडांडामा पुगेसी बासँग मुक्तान्नी आमाको बारेमा सोधे।  आमै अघिल्लो सालनै बितिछिनसुनेर नरमाइलो लाग्यो !करिब  बजे   हामी इन्द्रावती नदीको  पल्लो किनारमा पुगेर अडियौ।  .पुलको बार देखाउदै मलाई एक्छिन यह्नी  बस  भनेर  बाले बसका  टिकट किन्न जानु भो। टिकट काटेर फर्केसी बाले भने अनुसार  मलाईचाही सानै भएकाले कन्सेसन भो रे  तर सिट भरिएको खण्डमा काखमा राख्ने सर्त भएको रहेछ  बाह्र बिसेको गाडीमा  / सिट  खालिनै थिए त्यसैले  बुवालाई काखमा बसेर दु: दिनु परेन। जिन्दगीमा पहिलो पटक बस चढेको  बाहिर  हिड्दा बस  नभई परि भित्ताहरु हिडेझै  लाग्दो रहेछ २०/२५ मिनेटमा  बस केहिबेरर्कोलागी  रोकिदो रहेछ। मानिसहरु  चढ्ने ओर्लने गर्दा रहेछन। बाले  ठाउँ ठाउँमा यो फलाना यो तिलाना ठाउँ भन्दै  हुनुहुन्थ्यो। मैलेचाही कुनैठाउँ  बुझेकै थिएन। बनेपा पुगेसी  साँझ पर्यो ठुला ठुला घरहरु झलामल बलेको बिजुली चार दोबाटो चोकमा  रहेको महेन्द्रको सालिक सबै दृश्य  अनुसार बाबाले बर्णन गर्दै हुनुहुन्थ्यो।   मलाई भने मनमा  रमाइलो   अनौठो लाग्नुका साथै  डर पनि  लागिरहेको थियो। मन मनै प्रश्न गर्थे ,यदि भोलि पर्सि हराइयो भने ? कन्टेक्टरले  साँगा ओर्लने  कोहि   भन्दै करायो। कोही ओर्लेको देखीएन बरु  जना चढे  त्यसको केहीबेरमा  बाले  पारि तिर  देखाउदै भन्नु भो। कान्छा हेर त्    पर देखिएकोचाही भक्तपुर सहर हो। त्यो सहर  भन्दा काठमान्डू अझै  ठुलो   भक्तपुरमा  कोहि हरायो भने निस्कन बार्ह बर्ष लग्छ रे ! बाको कुरा सुनेर  मुटु  हल्लियो बरु पढ्दिन घरमै  जाँउ भन्न मन लाग्यो तर आँट भने आएन। मनमनै  सोचे  यो भक्त्पुमा हराइयो भने १२ बर्ष भेटिन्न भनेसी यो भन्दा ठुलो काठमांडूमा  हराईयो भने  के होला ? सायद नाभेटीनेनै हो की ! सोच्दा सोच्दै बाग बजार पुगीएछ बस बिस्तारै रोकियो।  साइकलको टिण्टिन   रिक्साको प्वाँ प्वाँ ,गाडीहरुको घ्यार्र घ्यार्र के के हो  के  के  ? देखेर  रनभुल्ल परें।  बाल  सिटबाट उठ भन्नु भो।  मलई चै लाग्दै थियो अबचाहिं सकिएं  ।अन्तत ; २०३२ साल माघ २२ गते रातको  बजे  आफ्ना प्यारा आमा ,दिदीहरु,  साथीहरु सबै देखी धेरै टाढा काठमाडौँ  पुगेर ,बाग बजार भन्ने ठाउँ टेकियो। 

 बस बाट ओर्लेर  बाले मेरो  हात नछोडी हिड्न  भन्नु भयो। ;  आधा  घण्टा जति हिडेसी दिल्ली बजार पुग्यौ। पिपलबोट बाट अलिकति छिरेसी मेरी छिमेकी दिदी जो मेरा दिदीहरु समाननै हुनुहुन्थ्यो।उहाँलाई भेटेसी फेरी जगत जितेझै भो।  दिदिले मेरो झोला बोक्दै भित्र पुगी  बातिर फर्केर  हात जोड्दै निहुरिएर बुवा ठुली गरें भन्नु भो। बाले  नि ठुली भैस भन्नु भो। 

 केहीबेरमा दिदीले मुसुरको दाल काउलीको तरकारी  उसिनको  चामल पकाउनु भएछ। दिदि भिनाजुलेपहिलेनै  खाई सक्नु भएको रहेछ  बा  मैले थपि थपि खायौ। त्यो दिनको खानको स्वाद पनि कहिल्यै बुभुल्न नसकिने  थियो। 

अर्कोदिन ११ बजेतिर बा   हरियो बस चढेर रत्नपार्कमा झर्यौं  बसबाट ओर्लेर बा ले  हातमा डोर्याउदै सडक तार्र्नुभो  चारैतिर फलामको बार लागएको  पोखरी जसलाई रानी पोखरी भनिदो रहेछ। अर्कोपट्टी ठुलो दर्बार  बा ले सरासर दरबरमानै  लानु भो। अली पर टांग टुन टिन आवाज आइरहेको थियो ठुलो घडी घर रहेछ  बाले भन्नु  भएकोघन्टाघर भनेको  त्यहि रहेछ। तर यी सबै  स्तम्भहरुको बारेमा धेर थोर  पढी सकेको पनि थिएँ   पढ्ने स्कुल त्यहि लामो दरबार  रहेछ कौसिमानै भनौ माध्यमिक बिद्यालय लेखिएको बोर्ड देखिन्थ्यो   अचम्म लाग्यो मनमनै  सोच्दैथें  वाफ्रे !  यत्रो स्कुलमा पढ्ने ?  हामि ढुङ्गै  ढुंगा छापेको  भर्यांग चढेर माथि पुग्यौ। बाले भर्यांग संगैको  कोठामा छिर्नासाथ घुम्ने मेचमा  बसेका सुवर्ण शाक्यलाई नमस्कार गर्नु भो। मैले पनि गरें।  उहाँबाट  बालाई  किन आउनु भो बाजे ? सोधनी हुँदा  उहाँले मलाई देखाउदै छोरालाई  भर्ना गर्न आएको भन्नु भो।  उहाँ हेड  सरनै हुनुहुदो रहेछ। ढोका बाहिरनै लेखिएको थियो शुवर्ण शाक्य /  प्रधानाध्यापक /भित्र।हेद सरले  टेबलको  घन्टी  थिच्ना  साथ खाकी रंगको कपडा लाउने मान्छे आए पछि थाहा भो।  उनिस्कुलका   पाले रहेछन। हेड  सरले  हामीलाई लेखा  साखमा  पुर्याइदिन  भन्नु भो।  हामी पाले दाइलाई पच्छ्याउदै  भर्ना कक्षामा  पस्यौ। 

केहीबेरमा भोटाहिटी गल्लीमा गएर स्कुल पोसाकजुत्ताझोला  किनियो अलि वर आएर रत्न पुस्तक भण्डार मा किताब कापी  ज्यामिती बक्स किनियो   दिदीको डेरातिर लागीयो। डेरामा पुगेर दिदीले कपडा लाइदिनु भो   जीवनमा पहिलो पटक सर्ट  पाएट जुत्ता मोजा लाएर  सजिएँ  केहीबेरमा दिदि बा   दिल्ली  बजार गएर पानि फोटो खिच्यौ  त्यो नै मेरो जीवनको पहिलो फोटो थियो। 

छाँगाबाट त्यतिबेला खसें  जब  बाले झोला बोकेर हिड भन्नु भो ,  टंगालमा  कर्नेल को छोरीको घरमा  बस्ने रे ! बिहान बेलुका उनीहरुलाई काम  सघाउने रेअनि दिउसोपढ्न जाने रे !  डाँको छोडेर रोएं  ! निकैबेर रुदै  घर पुर्याइदिनु भनेर बिल्बिलाएं तर मेरो केही  लागेन  ठुलो मान्छे  बन्नुपर्छ भनेर दिदि  बाले फकाए। मर्ता क्या नही कर्ता   पनि  झोला बोकेर  दिदि संगनी नबोली हिडें  एक घण्टा जति हेडेपछी  टंगाल पुगियो। ठुलो कम्पौंड  को बिचमा राम्रो घर रहेछ।  फराकिलो बगैचा झपक्क  फुल फुलेका पछाडी पट्टि बारीमा  लटरम्म  तरकारी।  घर अगाडी ठुलो पोखरी जसलाई गहना पोखरी  भनिदो रहेछ। पछि मात्रै थाहा पाए। जे होस् बडा रमाइलो ठाउं थियो त्यो घर  कति सुन्दर कति ! देखेर खुसिनै लाग्यो  

भोलि पल्ट  बिहानै बाले दर्बार स्कुल जाने बाटो  चिनोस भनेर ४५ मिनेट जति हिडाएर स्कुल पुर्याउनु भयो। स्कुल खुलेको थिएन फागुन  गते वाट लाग्छ भनेर जानकारी दिइएको थियो।  बा ले छोरो  झुक्किएला भनेर एकैदिन  पटक ओहोर दोहोर गराउनु भयो। मलाई पनि आउँन  जना सक्छु  जस्तो लाग्यो  . नोट पनि गरें निस्कन साथ पुलिस  हेड क्वाटर अने  नन्दिरात्रि स्कुल राजा दरबार  ,दरबार मार्ग  त्रिचन्द्र काले रानी पोखरी  अनि स्कुल  लेखेर पनि राखे। 

भोलि पल्ट  गते देखि स्कुल  जानु   भनेर बुवा गाउँ फर्कनु भयो।  खुब रोंए।  बुबाले जाने बेलामा  मैले हराउला भनेर। मैयाँ साहेबलाईनै एक सय छाडेर जानु भयो। काम च्यापेरै लाएपनि खान राम्रै दिन्थे मियाँ साहेबले  राम्री गर्थिन तर कहिले कही उनका भदाहरु रक्सि पिएर आइ  धेरै दु: दिन्थे। जुत्ता मोजा   फुकाल्न देखी खुट्टा मिच्न समेत लाउथे। नमाने कान  उखाली हाल्ने आत्तिनै  दु: दिएका थिए  बालकलाई  

लगभग   महिना  भन्दा त्यहाँ बस्न सकिन के कति दु:  सुख झेले त्यो लेखन  चाहन्न।  हिजो जे भो बिर्सिनु बेस होला।  यधपी मैयाँ साहेबले मलाई  कहिले दु: दिनु भएको पनि हैन। पछिल्लो समय (तिन  दशक अगाडी देखी  )उहाँ संग मेरो सुमधुर सम्बन्ध छ। बृद्ध  हुनु भएको छ। केहि दु: पर्दा पनि  मलाई सम्झेर आउनु हुन्छ। मलाई  पनि  आमा  जस्तै लाग्ने गर्छ  

 

टंगाल बस्दैको एउटा घटना कहिल्यै बिर्शन्न स्कुलको तेश्रो दिन थियो नाग  पोखरीबाट बाटो बिराएर  हातिसार पट्टि पसेछु  केहीबेरमा  बन्दै गरेको ठुलो  भवनमा पुगें पछि थाहा पाएँ त्यो निर्माणाधीन  याक एण्ड  यति होटेल रहेछ।  त्यहाँ पुलिस जस्तै  मान्छे देखें अनि डरौदै डराउदै  दरबार स्कुल जाने बाटो सोधे उसले यताबाट जाने भनेर निर्माणाधीन होटेलको एउटा कोठामा लगेर एक घण्टा थुनेर राख्यो     कति बिल्बिलाएं रोहे कराएँ उसलाई दया  जागेन। पछि अर्कै मान्छे  आएरमलाई त्यहाबाट  बाहिर निकाले।   त्यो मान्छे को मन देखेर अहिले पनि अचम्म लाग्छ एउटा सानो बाह्र बर्सिय  बालकलाई यातना दिएर उसले के प्राप्त गर्यो होला ? 

 तिन महिना बसेपछी खप्नै नसकेर टंगाल छोडेर मैतीदेवी मन्दिर नजीक  सरें।  त्यहाँ  मेरा आफ्नै फुपुका छोरा जो २२ बर्षको उमेर सम्म  हाम्रै घरमा बस्नु हुन्थ्यो। उहाँ संगै बस्न थाले। दाजु भाई बस्दा राम्रै लाग्या थियो तर दाई राजनीतिमा पनि लागेको हुनाले मैले पनि  बेलाबेलामा दु: पाउंने गर्थें  नेपाल गएको छोरा भएर होला  घरबाट कुनै आर्थिक सपोर्ट हुदैनथ्यो  बरु  घिउचामल ,गुन्द्रुक , छोप आदी भने भने बेला बेलामा  आउथ्यो।  झन्डै दुई  सय रोपनी जग्गा भएको परिवारको एउटा मात्रै बार्ह तेह्र बर्षको  छोरा काठमान्डूको गल्लीमा कयौं छाक भोकै हिड्न बाध्य भएँ।  ।सानोबेलामा   स्वाभिमानी थिएँ ,सिसा पुछे ,सडकमा पत्रिका बेचें , अरुको भाँडा माझे तर गलत काम  गरिन पढाई पनि छाडिन   

एक दिन दुई दिन  हुदा हुँदै  वर्ष  बितेछ। आठ  कक्षामा  पढ्न थाले पछी मेरो  बिहानको कक्षा भो।  दिउँसो चाहीं  इन्द्र चोकको एउटा पसलमा काम  गर्न थालें। बसाइ पनि  उतै भो  क्युरियो सामानको पसल थियो। मैले  पसलमा बाहेक अरु कुनै काम  गर्नु पर्दैनथ्यो। खाना टाइममा  हुन्थ्यो , त्यो पनि हाई लेवलको हुन्थ्यो  मेरा साहु देउता जस्ता थिए ! साहु मात्र नभै सपरिवार उस्तै रहेछन। त्यो परिवारमा  मलाई कामदारको रुपमा कहिल्यै हेरिएन। संसारमा त्यति राम्रा मानीस कमै जन्मन्छन होला  उहाँको बारेमा लेख्न ठुलै ठेली चाहिन्छ। तर मेरो दुर्भाग्य एक बर्षपछी त्यस्तो दिन आयो कि  त्यहाँ बस्नै मिलेन ! त्यो  घटना के  थियो मैले उल्लेख  मिल्दैन  लेख्न चाहीन पनि।   

इन्द्रचोकमा काम  छोडे पछी  महिनाको सय रुपियाँमा डिल्लीबजारको एउटा बिज्ञापन एजेन्सीमा कम सुरु गरें। कोठा भाडा  देखी खान  स्कुल फी सबै धान्न सक्ने अवस्था  थिएन। पुन शुक्रबार बिहान बिहान पत्रिका बेच्न थाले त्यतिबेला नयाँ  संदेश भन्ने पत्रिका १०० प्रति  बिक्रिगर्दा १८ रुपैया आउंथ्यो। तर त्यो दिन  स्कुल छुट्थ्यो। बरु आफुलाई पुग्ने कमाई चाही  हुने गर्दथ्यो  इन्द्रचोकमा कामगर्दको हैसियत पुनधुलाम्म्यै भयो। काहाँको त्यो बैभव कहाँ यो  मजदुर झैँ  जिन्दगी ! मैले सडकमा पत्रिका बेच्दै हिडेको थाहा पैर मेरी आमा तुल्य सहनीको मात्री मन विह्वल भएछ। एक दिन  बिहानै स्कुलको गेटमा  कुरेर बस्नु भएको रहेछ मालाई च्याप्प समातेर इन्द्रचोकको घरमानै  लिएर जानु भो।  बबुरो भाग्न  चाहेर पनि  भाग्न सकिन। मलाई जन्म नदिएकी भएपनि ईश्वर तुल्य  आमालाई ठेस पुर्याउन चाहन्नथें    पनि खुरु खुरु उहाँ संगै गएँ। जना साथ खानको व्यवस्था भो। केहीबेरमा   मलाई  कोठामा लगेर दुबैजानाले छोडेर नजान आग्रह गर्नु भयो।  मैले पनि  नजाने वाचा गरें।  दुवै जना खुसि हुँदै आँशु पुछ्नु भो  मेरापनि  आँखा रसाई सकेका थिए। फेरी उहाँहरुका सन्तान  नभएका पनि  हैनन  छोरा   छोरीहरु थिए। हामि बीच मा यतिधेरै आत्मियता  थियो कि  सबै जना एक अर्काको जुठो  समेत खान्थ्यौ।   त्यो परिवारमा  वर्ष बस्दा निश्चल मायाँ भनेको कस्तो हुन्छ ? राम्ररी बुझ्न पाएँ। आज सम्म पनि त्यो  समय   उहाँको परिवार सम्झिदा  अहिले पनि आँखा  रसाउन थाल्छन।जे  नहुनु थियो त्यही नियती सुरु भएपछी , दोश्रो पटक  पनि   बाटै   बाचा टुट्यो भर्खरै कक्ष  को परिक्ष  सकिएकोले  सिधै  गाउँतिर कुलेलाम ठोकें। त्यसपछी अहिले सम्म पनि मा  असह्ना देखि  इन्द्रचोक सम्मको बाटो हिड्ने आँट गर्न  सकेको छुईन।

 

बिदामा  गाउँ बसाई

इन्द्र चोक बाट  सिधै गाउँ पुगे। पहिले संगै  उठवास गरेका साथीहरु भन्दा  निकै फरक देखिने  भएछु  उचाइ गोलाई पनि  निक्कै बढी सकेको थियो। मेरा दौंतरीहरू मैले के  भन्दा अलि असहज मान्दै ठिकै  भन्ने गर्दथे। मलाई बुझन गार्हो भएन हिजोको आफ्नो बिस्नेलाई परदेशीको रुपमा हेर्न थालेछन्  छुट्दा खेरीको आत्मियता कसै संग पाइनमलाई खल्लो लाग्न  थाल्यो। मेरो बुझाईमा त्यतिबेला उनीहरु  मेरो बिचको भिन्नता भनेको मैले लगाएको सफा  लुगा मात्र थियो। लाग्दैथ्यो  हिलाम्मे पोखरीमा पसेर  कपडा मैलाउँ !अनि सबै जना जम्मा भएर पहिले जस्तो  पुरानो कपडा  डल्लो पारी  गेम बल खेलौ !   माने  गहिरोमा गएर बन तरुल खन्दै पोलेर खाऊ। डाँडापारीको हिले खेतमा गएर लहरी गोरु नारी दाई गर्दै परालमा खेलौ। आमाले  घरबाट उसिनेर ल्याएको सखर खण्ड  पिडालु को  स्वाद पहिले  जसरिनै लिउँ  पारी पट्टिको ठुल्चौरमा गएर डन्डी बियो खेलौ। कालिन्जोरे बासंग आहालको डिलमा बसेर मज्जाले बागचाल  खेलौ यस्तै यस्तै सोचाई आईरहन्थ्यो  / दिनमानै साथीहरु संग घनिष्टता बढाउंदै मेन्शन गरिएका सबै आनन्द भोग्न सफल भएँ  पनि।  त्योबेला  १५ बर्षको भैसकेको थिएँ , मेरा साथीहरु काठमान्डू सहर  त्यहाँको जन  जीवन बारे  सोध्ने थालि सकेका थिए।   पनि देखेको जानेको  सबै बर्णनगर्ने  गर्थें।  कोहि साथीहरु त् निरास  हुँदै भन्थे  के गर्नु बाई हाम्रो त्  नेपाल जाने  भाग्यनै छैन होला !

एक दिनको कुरा हो  सबै जना  माने गहिरोमा  बनभोज जाने  कुरा भो,  सबैले  घरबाट दाल , चामल ,आलु , चाना सिमी घिउ तेल  मसला  लिएर आउने  कुरा मिलायौ।  भाडाकुडा पनि  कसले के  कसले  के ल्याउने  सल्लाह गरीयो। अर्को दिन बिहान  बजेतिरनै  हामी   सबैजना ठुल्चौरमा जम्मा भयौं। / जना  कालिज खोज्न  गए। कोहि चुल्हो बनौन थाले  कोहि  कुवातिर पानी  लिन  हिडे   अरु  जना दाउरा  खोज्न  थाल्यौ। / जना केटीहरु सबैले  ल्याएको  सामग्री भाँडा भाँडामा मिलाउन  थाले। पुषको  महिना भएकाले कालिज  कतै नापाएसी  घण्टा जति घुमेर  केटाहरु हतास हुँदै फर्केछन। हामी सबैको मासु  भात खाने  इच्छा भएकोले उपाय जुराउन तिर लाग्यौं। ज्ञान इच्छा त्यहि उपाय भनेझै एक दुई दिनमा  सबैले आधा आधा मान मकै उठाएर दिने सर्तम  सेते लामाको घरबाटएउटा ठुलो हाँस लिएर आयौ। एकबजे तिर सबै खानेकुरा तयार भो अनी   हमीले  रमाउदै रमाउदै बन भोज  खायौ। थप रमाइलोकालागी टोपी लुकाउने खेल खेल्न  थाल्यौ  त्यो  खेल  राउण्ड खेलेपछी पछि हामि / जनाले चाहीं  कुस्ती खेलर पनि सबैलाई मनोरंजन दिन थाल्यौ  सानोमा हामि  धेरै जसो कुस्ती खेल्ने गर्थ्यौ।  

मेरालागी   त्यो पटकको  बनभोज बिशेष लाग्दै थियो खेल पनि रोमान्चक  थियो  त्यो पटकको बनभोजमा हाम्रा  केही  साथीहरु घटेका थिए ,केही थपिएका पनि थिएखासगरी केटी  साथीहरु। त्यही हुलमा एउटी काली काली ,ठुला आँखा भएकी  हिस्सी परेकी युवतीपनि थपिएकी थिईन। उनी नयाँ नयाँ भएकीले हामि जत्तिको खुलेर  हाँस्न बोल्न होस् वा खेल्न  सक्दिनथिन। उनको  मेरो बिचमा कहिले पनि  बोलचाल भएको थिएन कुनै काम गर्नु परे पनि सांकेतिक  वा अरुको माध्यमले  गर्थ्यौ।  चाहिं मनमनमा उनीसंग बोल्ने बाहना खोज्दै थिएं  तर पनि साईत  जुरेको जुर्याथेन।  हुनत उनि   कहिले काही खेत बारीमा पनि संगै जान्थ्यौ तर अबस्था उही थियो सधै संवाद सुन्य   

त्यो बर्ष बुवा गोठ बनौन  ब्यस्त ह्नुभो मैले  पहिलो पटक बारी  जोत्ने सुर कसे  तर पहिलो अनुभव भएकाले हलो जुवा भने / थान सिध्याए। एक दिनको कुरा हो ,दिउसोको खाजा लिएर तिनै युवती आइपुगीन पछाडी बोकेको दोकोको पिधमा केराको पातमा  लपेटिएको पोको  एउटा तान्चेनको थाल लिएर आइकी रहेछन ढलौट को  करुवामा  ल्याएको पनि भने  हातैमा  बोकेर आएकी थिन। मेरा अगाडी करुवा राखेर  केराको पात खोलिन  गहुँका बाक्ला  रोटि रहेछन खाजामा  अर्को पोकोमा  आलुको  तरकारी पनि रहेछ। तान्चेनको थालमा दुइटा रोटि  आलुको तरकारी हालेर मेरा अगाडी राखीन मैले उठाएँ लाग्दै  थियो  पहिलो गाँस उनैलाई  खुवाउँ तर  त्यत्रो  हिम्मत  कहाँ  हुनु। बेला बेलामा एक सेकेन्ड जति आँखा उनीतिर  दौदाउदै  उनको निर्दोस  अनुहारमा देखिएको मनमोहक रुप चोर्न  भ्याउन्थे।  लाग्याथ्यो  उनी संग चलौ ,बोलाऊ अझ  एक अर्काको  हात समातेर तिमिलाकोबोट  मुनि गएर घन्टौं पल्टियौं ! अफसोच  कुरा  हिम्मतामानै अडेको थियो।

मनमनै ठान्थे  सायद उनलाई पनि यस्तै भा होला !

मैले  रोटि खाइञ्जेल उनि  चुपचाप भुइतिर हेरेर बासिन ,चस्स चुस्स उनलेपनि मेरो नजर  नाचोरिकी हैनन् तर हालत सेम सेम। मैले  रोटी खाई  सकेर थाल भुइमा राख्ने बितिक्कै  उनले त्यसैमा  बाकी रोटि  तरकारी हालेर खान थालिन। उनको चालढाल ,हिडाई ,हेराई चलाई सबैले  मुग्ध  बनेको थिएँ। उनि उता फर्केको बेलामा सानासाना माटाका डल्लाले नहानेकोनि होइन  लागेको पनि थ्यो। उनले  थाहा पाएकिपनि  थिइन ,उनका छड़किएका  कन्खिले अनुमान लाउन  बल दिन्थ्यो  तर के गर्नु काली  केटी पनि  संग बोलेकी हैनन   केहीबेरमा खाजा बेरेर ल्याएकोथाल्लाई मजेत्रोले बेर्दै दीको बोकेर  उनि खोला तिर  लागिन   बारी जोत्न थाले  तर  / सेकेन्डमा मेरा आंखाहारु उनैमा ठोकिई रहन्थॆ।

 

त्यही दिनको बिहानको कुरा हो मेरी दिदि  उनि एउटा एउटा डोको बोकेर  खाली खुट्टा तुसारोमा टेक्दै जरंगेको बनमा  पुगेर  घाँस लिन गएका थिए।  बजेतिर तुलसी मोठमा  घाँसको भारी बिसौंदै लामो लामो सास  तान्दै पुषको जाडोमा अनुहारको पशिना  पपुच्छ्दै थिए। थिए। त्यो कल्कलाउदो उमेरको कोमल सशिरमा  घाँस दाउराको भारीले थिच्दा  कत्ति गार्हो भारको हुँदो हो ! उनले बिस्तारै उठेर आटमा राखिएको  गग्रिबाट पानि सारी घटघटी पिएको दृश्य   उनको त्यो सुकोमल निधारमा  सनपाट्को नाम्लोले बनाएको डाम देखेर मेरो मन चसक् भएको थियो  काठमाडौँबाट फर्किंदा उनकोलागी एक  जोर चप्पल  पनि  नसंझेकोमा  हदै सम्म  हिनता बोध  भएको थियो।

 

 

 

 

 

 


 

 

 

Comments