मेरो धारणा

खासगरी व्यक्तिगत रूपमा त्यतिसारो मठ मन्दिर,चर्च, मस्जिद जस्ता सम्पदाहरुमा त्यति धाउदिन किनभने मलाई भगवान, ईश्वर या अल्लाह तोकिएकै ठाउँमा मात्रै हुनुहुन्छ जस्तो लाग्दैन। उहाँ यत्रतत्र सर्वत्र सर्वब्यापी हुनुहुन्छ भन्ने मेरो मत रहेको ।जहाँसम्म जल,थल, आकाश,वायु तेजको अस्तित्व हुन्छ उहाँ त्यहाँ हुनु पर्दछ वास्तमा उहाँ व्यक्तित्व नभएर अस्तित्व हुनुहुन्छ र प्रत्यक कणकणमा बिरजमान हुनुहुन्छ। उहाँ अनेक नभएर एक हुनुहुन्छ।त्यसर्थ उहाँलाई तोकिएको ठाउँमा मात्र खोज्नु उचित जस्तो लाग्दै लाग्दैन ।म बिश्वस्त छु मैले धेरथोर भाकल गरेर यो वा त्यो चढाउछु भनेर या दिन्छु भनेर कुनै पनि कुरा पाउन सक्दिन। उहाँले हामीलाई चाहिने ईन्द्रिय,ज्ञानेन्द्रीय सहित हम्रो शारिरमा जुन जुन अंगछन ति सबैलाई फरक फरक क्षमता प्रदान गर्नु भएको भने हामीलाई चाहिने हरेककुरा यो प्रिथिवीमा उपलब्ध छ। उहाँले हामीलाई हाम्रो जन्मसंगै अद्धभुत क्षमतालाई सकारत्म बाटोमा लगेर महान बन्न होस् वा त्यस्को दुरुपयोग गरेर दूर्जन बन्नहोस दुबैकालागी आबस्यक शक्ति प्रदान गरिसक्नुभएको छ।

एउटा सानो उदाहरणका रुपमा भन्नुपर्दा विगत डेढ दशकदेखी हामी सामाजिक संस्था लक्ष्मी प्रतिष्ठान मार्फत सामाजका विभिन्न क्षेत्रमा पुगेर मानवीय कामहरु गर्दै आइरहेका छौं भने यो संस्थाले केही फरक प्रभाकारी तरिकाले काम गर्दैआएको छ। केवल भिक्षा पात्र थापेझैँ आम अपिलद्वारा संकलित दाना-दाना दानलाई सदुपयोग गर्दै जीवनोपायोगी कार्यमा लगाउदै आएका छौ।जीवनलाई सार्थक बनाउन आबस्यक शिक्षा सीप,स्वस्थ्य स्वावलम्वन जस्ता अनगिन्ति प्रोग्रामहरु सफलतापुर्वक सम्पन्न भैसकेकछन।हामीले एउटै व्यबस्थापनबाट साढे दूई सय जनाको भान्छा चलाएकोनै बार्ह वर्ष पुरा भैसकेको छ।

कुनै पनि ठाँउलाई रुपान्तरण गर्न  त्यहाँका स्थानीयहरुलाईनै सक्षम बनाउनु जरुरि भन्ने हाम्रो मत रहेकोले हामी त्यसै अनुरुप गर्दै आएका छौ। मैले माथि उठाएको धर्मको कुरा यही हो भगवानले हामीलाई राम्रो या नराम्रो गर्न उतिकै शक्ति प्रदान गर्नु भए अनुसार। आफूमाथि परेको असीम पिडा खपेर पनि  लोकहितकालागि कामगर्ने सहस गर्यो। सायद ईश्वरीय  शक्तिले गर्दा हामीलाई त्यो अद्धभुत क्षमता  प्राप्त भैरहेको जस्तो  लाग्छ। आफुले गर्दै आएका कर्महरुनै पुजा, प्रार्थना तपस्य होभन्ने बुझाई राख्दछौं  

त्यती ठुलो अन्यौल अबस्थामा स्थापित भएर पनि लक्ष्मी प्रतिष्ठान कसरी स्पष्ट मार्गचित्र सहित समाज रुपान्तरण अभियानमा अहोरात्र  सक्रिय हुन सम्भव थियो होला ? साँच्चिनै  आजको उचाईमा प्रतिष्ठानलाई  ल्याउन हामिले गरेको सत्प्रयासलाई कुनैपनि कुरासंग तुलना गर्न सकिन्न !हृदयभरी   दुई छोराहरुको मृत्युको पिडा बोकेर त्यो अस्तव्यस्त समयमाआफ्नो पीडालाई रोक्नकालागी  अरुको आँशु मेटाउन सुरुमात्र गरिएन जीवनुपयोगी वातावरण बनाई  "पवित्र महांयज्ञ  सफल गराउन कोशिस गरियो ,त्यसमा  हजारौंको पवित्र सहयोग जुट्यो भावना जोडियो त्यसले हामी सफल भयौ।  त्यो असीम प्रेम त्यो भित्र देखिएको राष्ट्र भक्तीकालगी सबैमा हार्दिक आभार सहित उच्च सम्मान गर्दछु।निरन्तर  सबै संग जोडिएको त्यो प्रेमिल सम्बन्धनै मलाई ईश्वरी अनुकम्पा हो भन्ने  लाग्ने गर्छ हामी सबै फरकफरक ठाउँमा  जन्मियौ तर कसरी / किन के का लागि भेट भयो ? त्यो  देखिदै जाला। आफ्नो क्षेत्रबाट हेर्दा मैले भने यसैलाई प्रेम प्रज्ञा को संगम भक्ति भावको अतुलनिय उदाहरण भगवानले दिनुभएको असीम शक्तिको रुपमा लिएर कर्मनै पुजा हो मानी ईश्वरलाई सम्झेको   बुझेको छु। सबैको जय होस्

 

 

 

 

 


Comments